बिग बोसपछि डिप्रेसनमा परेको हिमांशीको खुलासा

मुम्बई । पञ्जाबी अभिनेत्री हिमांशी खुरानाले आफू ‘बिग बोस १३’ बाट बाहिर निस्किएपछि डिप्रेसनमा गएको खुलासा गरेकी छन् । उनले हालै एक अन्तर्वार्तामा यो कुराको खुलासा गरेकी हुन् ।

हिमांशी पञ्जाब फिल्म उद्योगकी सुन्दर अभिनेत्री हुन् । पञ्जाबी फिल्ममा नाम कमाएपछि उनी सन् २०१३ मा ‘बिग बोस १३’ को हिस्सा बनेकी थिइन् । शोमा आसिम रियाज उनको मिल्ने साथी बनेका थिए र उनीहरू चाँडै नै प्रेममा परे ।

‘बिग बोस’ हाउसबाट बाहिर आएपछि आसिम र हिमांशीले कैयौं भिडियोमा सहकार्य गरिसकेका छन् । उनले हालैमात्र एक पञ्जाबी टक शोमा डिप्रेसनका विषयमा कुराकानी गर्दा आफू डिप्रेसनमा गएको खुलासा गरेकी थिइन् ।

‘जब म बिग बोस १३ मा गएँ, त्यो बेला सबैले सोचेका थिए कि अब जिन्दगी बदलिनेछ । तर वास्तविकतामा त्यो थिएन । मैले त्यहाँ यति नकारात्मक कुरा झेलें कि मलाई यसबाट बाहिर निस्कन दुई वर्ष समय लाग्यो । म बिग बोस १३ पछि गम्भीर डिप्रेसनमा गएँ । यसको असर मेरो मुटुमा पर्यो । इभेन्ट र सुटिङमा जानु अघि मलाई पेनिक अट्याक हुन्थ्यो । अफसाना खानको विवाहको समयमा नाँचिरहँदा मलाई मुटुको समस्या देखियो । यसपछि म अस्पताल भर्ना भएँ’, उनले भनेकी छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित