काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ।
श्रेष्ठको मंगलबार ललितपुरको अलका अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बताए। केही समयअघि अस्पतालले मृत्यु भएको घोषणा गरेको पौडेलले जानकारी दिए।
































