१७ वर्षीया किशोरीको डिम्ब बिक्री गर्ने एक महिला पक्राउ

काठमाडौं । ललितपुरमा किशोरीको डिम्ब खरिदबिक्रीमा संलग्न आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरको इमाडोलमा बस्दै आएकी लमजुङकी राधिका गोतामेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

१७ वर्षीया एक किशोरीलाई आर्थिक प्रलोभनमा पारी ग्वार्कोस्थित बीएन्डबी अस्पतालको आईभीएफ सेन्टरमा पुर्‍याएर डिम्ब झिकी बिक्री गरिएको खुलेको छ । उक्त डिम्ब एक महिलालाई बिक्री गरिएको खुलेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

राधिकाले ३० हजार रुपैयाँमा डिम्ब बिक्री गरेको पाइएको छ । उनीमाथि मानव बेचबिखन गर्न नहुने कसुरमा अनुसन्धान थालिएको परिसरका एसपी गौतम मिश्रले जानकारी दिए ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित