नबिल बैंकका कर्मचारीले पाए तीन महिनाको तलब बराबरको अग्रिम बोनस

काठमाडौं । आर्थिक वर्ष सकिएसँगै बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट कर्मचारीको लागि बैंकहरुले धमाधम अग्रिम बोनस पठाउन लागेको छन् ।

गत आर्थिक वर्ष सकिएसँगै साउन पहिलो साता नै वाणिज्य बैंकहरुले कर्मचारीलाई धमाधम अग्रिम बोनस पठाउन लागेको हुन्। गत आर्थिक वर्षको मुनाफाबाट नबिल बैंकले कर्मचारीलाई सबैभन्दा धेरै ३ महिनाको तलब बराबरको अग्रिम बोनस दिएको छ। बैंकले थप बोनस दिनसक्ने अवस्था भएपनि बैंकले कर्मचरीले पाउने बोनसको करिब आधा अहिले वितरण गरेको र बाँकी बोनस साधारणसभाको लागि राष्ट्र बैंकले स्वीकृति दिएपछि पठाउने बैंक स्रोतले जनाएको छ ।

बोनस ऐनले नै नाफा कमाउने हरेक प्रतिस्ठानले नाफाबाट कर्मचारीलाई बोनस वितरण गर्नुपर्ने व्यवस्था गरेको छ । ‘मुनाफा गर्ने प्रत्येक प्रतिष्ठानले एक आर्थिक वर्षमा गरेको खुद मुनाफाको दश प्रतिशत बराबरको रकम कर्मचारीहरूलाई बोनस बापत छुट्याउनु पर्छ,’ बोनस ऐनको दफा ५ मा भनिएको छ ।

सोही व्यवस्थाका आधारमा बैंकहरुले पनि कर्मचारीले पाउने बोनसको केही हिससा आर्थिक वर्ष समाप्त भएसँगै र केही हिस्सा भने वार्षिक साधारणसभा गर्ने समयमा पठाउने गरेका छन् ।

केही स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट लगायतका केही बैंकहरुले भने कर्मचारीलाई दशैंअघि साभारणसभा भएमा सोही समयमा नभए राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपछि दशैं बिदाअघि कर्मचारीलाई बोनस वितरण गर्ने गरेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित