चितवन । ध्रुवे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काट्ने तयारी गरिएको भए पनि हालसम्म डार्ट गर्न सकिएको छैन। डार्ट भनेको जङ्गली जनावरलाई नियन्त्रणमा लिन वा उपचार गर्न प्रयोग गरिने प्रविधि हो।
ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा आतङ्क मच्चाउने जङ्गली हात्ती हो। जसले हालसम्म २५ जनाको ज्यान लिइसकेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा बताउँछन्।
गत शनिबार भरतपुर महानगरपालिक–२३ मा २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेलाई ध्रुवे हात्तीले आक्रमण गरी मारेपछि निकुञ्जले हात्तीलाई डार्ट गर्न लाग्दा हालसम्म ध्रुवे नभेट्टिएको हो। हात्ती डार्ट गर्न निकुञ्जले २५ अनुभवी जनशक्ति परिचालन गरेको छ।
विसं २०७४ मा नेपाली सेनाका सेनानी (मेजर)लाई आक्रमण गरी मारेपछि ध्रुवेले ९ वर्षपछि यी दुई आमाछोराको ज्यान लिएको हो।

































