डोल्पाको गैरीगाउँ बस्तीमा बाढी, एक जनाको मृत्यु, ६ जना घाइते

काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिका–५ स्थित गैरी गाउँमा गए राति पहिरोसहितको बाढी बस्तीमा पसेको छ । उक्त घटनामा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

बाढीले कम्तीमा १० वटा घरमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । डोल्पाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अनिलराज गिरीका अनुसार वर्षापछि राति करिब ३ बजे गैरीगाउँ नजिक रहेको धुला खोलामा हिलो–माटोसहितको बाढी आएको थियो ।

बाढी बस्तीमा प्रवेश गरेको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी माझगाउँ र इलाका प्रहरी कार्यालय काईगाउँबाट प्रहरी टोली तत्काल घटनास्थलतर्फ परिचालन गरिएको थियो ।

बाढीमा परी घाइते भएकी ५६ वर्षीया आनन्दी विकलाई प्रहरीले उद्धार गरी उपचारका लागि झ्याकोट स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको डीएसपी गिरीले जानकारी दिए ।

घटनामा एक पुरुष, तीन महिला र दुई बालिका गरी ६ जना घाइते भएका छन् । उनीहरूको झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी प्रमुख गिरीले बाह्रखरीलाई जानकारी दिएि । घाइतेहरूको अवस्था र थप विवरण संकलन भइरहेको छ ।

घटनापछि जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षक पदम रावलको नेतृत्वमा पाँच सदस्यीय थप प्रहरी टोली राहत, उद्धार तथा क्षति विवरण संकलनका लागि घटनास्थलतर्फ पठाइएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित