बागलुङमा नेकपाको एकता बैठकः २१५ सदस्यीय जिल्ला अधिवेशन समिति घोषणा

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्लास्तरीय एकता बैठक बागलुङ बजारमा सम्पन्न भएको छ। केन्द्रमा १७ भन्दा बढी घटकहरूबीच भएको एकता प्रक्रियालाई जिल्ला तहमा कार्यान्वयन गर्ने उद्देश्यले आयोजित उक्त बैठकले २१५ सदस्यीय जिल्ला अधिवेशन समिति घोषणा गरेको हो ।

नवगठित समितिका सदस्यहरूलाई गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । गण्डकी प्रदेशको सर्कुलरअनुसार आगामी कात्तिक १२ गतेभित्र जिल्लाका सबै वडा, पालिका र प्रदेशको अधिवेशन सम्पन्न गरिसक्नुपर्ने निर्णय गरिएको छ।

एकता बैठकपछि पालिकाहरू र वडाहरूको अधिवेशन प्रक्रियालाई तीव्रता दिइने र सदस्यता नवीकरणलगायतका साङ्गठनिक विषयमा अर्को बैठकबाट ठोस निर्णय लिइने इन्चार्ज कमल घिमिरेले जानकारी दिए । बैठकमा १० वटै स्थानीय तहका इन्चार्जहरूले आ-आफ्नो क्षेत्रको साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रमुख अतिथि एवं गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाउन र थप सुदृढ बनाउन सम्पूर्ण कम्युनिष्ट शक्तिहरू एकता र सहकार्यको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा सहइन्चार्ज ज्ञामनाथ गैरेले जिल्लाको आगामी कार्ययोजनाबारे प्रष्ट पारेका थिए भने नेकपाका केन्द्रीय सदस्यहरू चन्द्रबहादुर बुढा, बलावती शर्मा र गण्डकी प्रदेश संयोजक कृष्ण नेपालीलगायतले मन्तव्य राखेका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित