काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले मंगलबार विनियोजन विधेयक २०८३, राष्ट्र ऋण उठाउने विधेयक २०८३ र आर्थिक विधेयक २०८३ विधेयक प्रमाणीकरण गरेका हुन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम उक्त विधेयकहरू प्रमाणीकरण गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

































