काठमाडौं । शनिबार बिहान आसामको जोरहाटस्थित रौरिया एयरबेसमा अवतरण गर्ने प्रयास गर्दा एउटा सैन्य विमान दुर्घटना भएको छ।
भारतीय अनलाइन दैनिक भास्करका अनुसार विमान खसेपछि आगो लाग्दै दुई टुक्रा भएको छ।
सेना र सामान ढुवानीमा प्रयोग गरिने एएन-३२ विमान दुर्घटना भएको हो। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको भारतीय वायुसेनाले जनाएको छ।




































