शाखा अधिकृत ढकाल र नासु पोखरेलविरुद्ध अख्तियारमा उजुरी : २० करोड अकुत सम्पत्ति आर्जन गरेको दाबी

काठमाडौं । धनगढीस्थित युवा श्रम तथा रोजगार कार्यालयमा कार्यरत शाखा अधिकृत प्रदीप ढकाल र नायब सुब्बा रामप्रसाद पोखरेलमाथि पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।

२ वर्षसम्म कास्की श्रम कार्यालयमा कार्यरत शाखा अधिकृत ढकाल र नासु पोखरेलमाथि २० कराेड अकुत सम्पत्ति आर्जन गरेको आरोपसहित आयोगमा उजुरी दर्ता भएको हो । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शाखा अधिकृत र नासुविरुद्ध उजुरी दर्ता भएको विषय न्यूज खरीले समाचार प्रकाशन गरेको थियो ।

युवा श्रम तथा रोजगार कार्यालय, धनगढीमा कार्यरत शाखा ढकाल र नासु पोखरेलविरुद्ध बैंक खाताको विवरण, घुस लिइने तेस्रो व्यक्तिको क्यूआर कोडसहित उजुरी अख्तियारमा दर्ता भएकाे हो।

प्राप्त विवरण अनुसार शाखा अधिकृत ढकाललाईभूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न समयमा स्थानीय तह लगायतका क्षेत्रमा तीन पटकसम्म सरुवा गरेको भेटिएको छ । तर सरुवा आदेशहरूलाई कार्यान्वयन हुन नदिई मन्त्रालयको कर्मचारीलाई आर्थिक प्रभावमा पारि बारम्बार बदर आरोप छ । कानुन र मापदण्ड विपरीत आफू अनुकूलका आकर्षक स्थानमा टिकिरहन बिचौलिया र केही उच्चपदस्थ कर्मचारीमार्फत प्रशासनिक संयन्त्रलाई नै प्रभावित पारिएको दाबी उजुरीमा गरिएको छ।

ढकाल र पोखरेलले पोखरा र काठमाडौंका मेनपावर व्यवसायी र ट्राभल्ससँगको मिलेमतो गरी श्रम स्वीकृति दिने कर्मचारी हुन् ।  युरोपियन मुलुकहरूमा रोजगारीका लागि जाने श्रमिकहरूको फाइल प्रक्रिया अघि बढाउन व्यक्तिपिच्छे मोटो रकम असुल गर्ने र आर्थिक लाभ प्राप्त नभए काम नै रोक्ने विषय यसअघि न्यूज खरीले प्रकाशन समेत गरिसकेको छ । उनीहरुले अवैध लेनदेनलाई लुकाउन तेस्रो पक्ष अर्थात् बिचौलियाको खाता र डिजिटल क्युआर कोड प्रयोग गर्ने गरेका छन् ।

ओमप्रकाश थापा क्षेत्रीलगायतको नामको बैंक खाता र क्यूआर प्रयोग गर्दै उनीहरुले असुली धन्दा चलाइरहेका छन् ।पोखराबाट धनगढी सरुवा भएपनि उनीको धन्दा अझै कायम रहेको पोखराका एक खड्का थर भएका ट्राभल्सका सञ्चालकले जानकारी दिए । शाखा अधिकृतले सकारी सेवामा हुँदै ललितपुरको लामाटार क्षेत्रमा करिब ५ आना जग्गामा घरसमेत जोडेका छन् ।

झापा स्थायी घर भई हाल पोखरा बस्ने चौधरी नाममका व्यक्तिको नाममा करोडौँ मूल्य बराबरको सवारीसाधन खरिद गरेका छन् । साथै निजले २०८२ सालमा आफ्नो जेठी श्रीमतीसँग नाता विच्छेद गर्दा काठमाडौंको घरसम्पत्ति दिएको र हाल कान्छी श्रीमतीका नातेदारहरूको नाममा समेत ठूलो मात्रामा बेनामी सम्पत्ति लुकाएर राखेको उजुरीमा उल्लेख गरिएको छ ।

यी काममा आर्थिक र प्रशासनिक सेटिङ धनगढी कार्यालयकै नासु रामप्रसाद पोखरेलले मिलाएका छन् । शाखा अधिकृत ढकालले पोखरासँगै लगेका नासु पोखरेललाई अहिले धनगढी सेटिङमा आफूसँगै लगेका छन् । नासु पोखरेलको श्रीमती प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपसचिव पदमा कार्यरत समेत छिन् ।

यो पनि पढ्नुहोस्

श्रम कार्यालय धनगढीका अधिकृत ढकालमाथि अकुत सम्पत्ति र ‘क्यूआर कोड’ बाट घुस लिएको आरोप, प्रधानमन्त्री कार्यालयमा उजुरी !

श्रम कार्यालयका अधिकृत ढकाल र नासु पोखरेलको मेनपावर व्यवसायीसँग ‘कनेक्सन’, तेस्रो व्यक्तिको क्यूआरबाट रकम असुली

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित