अब १० लाखसम्म बिना धितो कर्जा पाइने

काठमाडौं । अब डिजिटल माध्यमबाट प्रवाह हुने अधिकतम कर्जा सीमा १० लाखसम्म पुर्‍याइएको छ। नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट प्रवाह हुने कर्जा मार्गदर्शन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।

यस्तो कर्जाका लागि धितो राख्नु पर्दैन। अब लघु, साना तथा मझौला व्यवसायीले दीर्घकालीन प्रकृतिको चालु पुँजी कर्जा १० लाखसम्म पाउने छन्। कर्जा भुक्तानी अवधि भने सम्बन्धित वित्तीय संस्थाले निर्धारण गर्न सक्ने छन्। अल्पकालीन प्रकृतिको चालु पुँजी कर्जाको सीमा ५ लाख तोकिएको छ। त्यसको अवधि एक वर्ष तोकिएको छ।

यसअघि यस्तो व्यवस्था थिएन। मार्गदर्शनको उद्देश्यमा बुँदा नं. च थप्दै ‘लघु, साना तथा मझौला व्यवसायीलाई विद्युतीय माध्यमबाट कारोबारमा आधारित भई प्रवाह गरिने कर्जामा सहजीकरण गर्ने’ व्यवस्था गरिएको हो।

त्यस्तै विद्युतीय कर्जा प्रदान गर्ने सिलसिलामा ग्राहकको विद्युतीय माध्यमबाट गरिएको कारोबारको विवरण, भुक्तानीसम्बन्धी विवरणलगायत व्यवसायसम्बन्धी अन्य विवरणबाट कर्जा विश्लेषण गर्ने कार्यका लागि बैंक तथा वित्तीय संस्थाहरूले प्रविधि प्रदायक संस्थाहरु (टीएसपी) सँग सहकार्य गर्न सक्ने पनि मार्गदर्शनमा व्यवस्था गरिएको छ। जोखिमको व्यवस्थापन भने बैंक तथा वित्तीय संस्थाले गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ।

अहिले तलबी खाता हुनेहरूले ५ लाखसम्म र अन्य खाता हुने हरूको हकमा दुई लाखसम्म विद्युतीय कर्जा उपलब्ध गराउने सकिने व्यवस्था छ। त्यसलाई कायम राखिएको छ। यसको कर्जा भुक्तानी अवधि तीन वर्ष तोकिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित