आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

काठमाडौं । कोसी प्रदेश सरकारले सातामा दुई दिन दिइँदै आएको सार्वजनिक बिदा कटौती गर्ने तयारी गरेको छ। यस बारेमा सरोकारवाला र सर्वसाधारणसँग सुझाव माग गरेको छ।

मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सामाजिक सञ्जालमार्फत मन्त्रालय र मातहतका कार्यालयहरूमा हप्ताको ६ दिन नै कार्यदिन कायम गर्ने विषयमा राय मागेका हुन्।

मुख्यमन्त्री कार्कीले सातामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने साविकको व्यवस्था व्यवहारिक नदेखिएको उल्लेख गर्दै शनिबार एक दिन मात्र बिदा कायम गर्दा कस्तो होला भनी जिज्ञासा राखेका छन्।

उनले हप्ताको पाँच दिन मात्र काम गर्दा कार्यदिन अपुग भएको र चर्चा गरिएजस्तो खर्च एवं इन्धन बचतमा कुनै ठोस उपलब्धि नदेखिएको स्पष्ट पारेका छन्।

यसअघि संघीय सरकारको निर्णय र सिको गर्दै प्रदेशमा पनि सरकारी सेवा र प्रशासनिक कामकारबाहीलाई व्यवस्थित गर्न भन्दै आइतबार समेत बिदा दिने अभ्यास गरिएको छ।

तर, उक्त व्यवस्थाले सर्वसाधारणको सेवा प्रवाहमा अनुकूल असर नपारेको र प्रशासनिक लागतमा समेत न्यूनीकरण नभएपछि प्रदेश सरकारले पुरानै व्यवस्थामा फर्कने गृहकार्य सुरु गर्ने संकेत गरेको छ।

मुख्यमन्त्रीको यो कदमलाई प्रदेश सरकारले आफ्नो कार्यसम्पादन र नागरिक सेवालाई थप प्रभावकारी बनाउने प्रयासका रूपमा हेरिएको छ। उनले सामाजिक सञ्जालमा मागेको सुझावमा अधिकांशले आइतबारको विदा कतौती गर्न सुझाव दिएका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित