कर बढाउने सूचना चुहिँदा बीवाईडीले भित्र्यायो ८२५ विद्युतीय कार

काठमाडौं । बजेटको एक दिनअघिसम्म कोरला नाकामार्फत नेपालमा ८२५ वटा बीवाईडी विद्युतीय गाडी आयात भएको तथ्य खुलेको छ । मुस्ताङ भन्सार कार्यालय कोरलाका अनुसार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आउनु एक दिनअघि अर्थात् जेठ १४ गतेसम्म चीनबाट ८२५ वटा बीवाईडी ब्राण्डका विद्युतीय गाडी नेपाल प्रवेश गरेका थिए ।

मुस्ताङ भन्सार कार्यालय कोरलाका सूचना अधिकारी अमिन्द्र सिंहका अनुसार यसमध्ये जेठ १२ र १३ गते गरी ४४९ वटा सवारी साधन भित्रिएका थिए । यस्तै जेठ १४ गते पहिलो लटमा ५५, दोस्रो लटमा ५०, तेस्रो लटमा २६ र चौथो लटमा ४५ वटा गरी १७६ वटा बीवाईडी गाडी नेपाल प्रवेश गरेका थिए। यो संख्या अघिल्ला महिनाको तुलनामा अत्यधिक धेरै हो ।

यसरी जेठ १४ गतेसम्ममा गरी कुल ८२५ वटा बीवाईडी सवारी साधन नेपाल प्रवेश गरेका थिए। सिंहका अनुसार यसमध्ये जेठ १२ र १३ गते ६४९ वटा सवारी साधनको जाँचपास भएको थियो । जाँचपास भएर यार्डबाट तल झरेर ४३१ वटा सवारी साधन काठमाडौंतर्फ लागेका थिए ।

जाँचपास भएर पनि भन्सार यार्डमै रहेका २१८ वटा र बोर्डरमा जाँचपास हुन बाँकी १७६ वटा बीवाईडी गाडी रहेको उनले जानकारी दिए । कोरला नाकामा जाँचपास भएका र नभएका बीवाईडी सवारी साधनमध्ये ७७४ वटा गाडी सशस्त्र प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित