११ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन प्रधान कार्यालयको अल्टिमेटम, नआए सेवाबाट हटाइने

काठमाडौं । नेपाल प्रहरीले लामो समयदेखि कार्यालयमा गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई सात दिनभित्र हाजिर हुन अन्तिम अल्टिमेटम दिएको छ। प्रहरी प्रधान कार्यालय, नक्सालस्थित प्रहरी महानिरीक्षकको सचिवालयले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै आफूखुसी गैरहाजिर रहेका ती कर्मचारीहरूलाई स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको हो।

सूचना अनुसार गैरहाजिर हुनेहरूमा दुई जना प्रहरी सहायक निरीक्षक (प्रसनि), दुई जना प्रहरी सहायक हवल्दार, ६ जना प्रहरी जवान र एक जना प्रहरी कार्यालय सहयोगी रहेका छन्। हाजिर हुन निर्देशन दिइएकाहरूमा प्र.स.नि. तीर्थ बहादुर बुढा र दुर्गा राज मल्ल, प्र.स.ह. सुबोध प्रसाद पटेल र गीता मेटासी, तथा प्रहरी जवानहरू नागेश्वर यादव, देव कृष्ण राउत, जयन्ती थापा मगर, संजय परियार, राज कुमार रावत, ध्रुव राज पाध्या र प्र.का.स. सुरेश कुमाल रहेका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार यी कर्मचारीहरू लामो समयदेखि बिना सूचना आफ्नो कार्यक्षेत्रमा अनुपस्थित रहेका र खोजी गर्दा समेत सम्पर्कमा नआएपछि प्रहरी नियमावली, २०७१ को प्रक्रिया पूरा गरी यो सार्वजनिक सूचना निकालिएको हो। सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खुलाई सन्तोषजनक स्पष्टीकरणसहित उपस्थित हुन उनीहरूलाई भनिएको छ।

तोकिएको समयभित्र हाजिर नभएमा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा नियम १०९ को देहाय (ख) (१) बमोजिम भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी ‘सेवाबाट हटाउने’ कारबाही गरिने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ। यो सूचनालाई नै उनीहरूका लागि सफाईको मौकाको रूपमा लिइने समेत स्पष्ट पारिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित