काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा पहिरोले स्कारपियो पुरेको छ । पोखराबाट ढोरपाटन जाँदै गरेको ग१ञ९८२ नम्बर स्कारपियोमाथि पहिरो खसेको पुरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।
पर्यटक लगेर आज बिहान ढोरपाटन जाँदै गरेको स्कारपियोमाथि पहिरो खसेको हो । पहिरो खसेको स्कारपियोमा क्षति भएपनि मानवीय क्षति भएको छैन । अहिले पहिरोमा पुरिएको स्कारपियो बाहिर निकाल्ने काम भइरहेको छ । अबरुद्ध सडक भने खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।



































