रवि र मोदीबिच आज भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन्।

गएको सोमबार भारत भ्रमणमा गएका लामिछानेले मंगलबार सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीन, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित साहसहितका नेतासँग भेटवार्ता गरेका थिए।

भारतीय गृहमन्त्री शाहले कुनै पनि विदेशी दलका सभापतिलाई भेटेको यो पहिलोपटक हो।

भारतको राष्ट्रिय राजनीतिमा भाजपाको राष्ट्रिय महासचिवदेखि राष्ट्रिय अध्यक्ष र पछिल्लो सात वर्षदेखि गृहमन्त्री हुँदासमेत शाहले कुनै पनि विदेशी नेता, कुनै विदेशी दलका अध्यक्षलाई भेटेका थिएनन्।

उनले आजसम्म पार्टी अध्यक्ष अथवा गृहमन्त्रीको रूपमा विदेश यात्रा गरेका छैनन्। तर, अहिले भने पहिलोपटक विदेशी दलका नेताका रूपमा लामिछानेसँग भेट गरेका हुन्।

लामिछाने जेठ २२ गतेसम्म भारतमै रहने तालिका छ। भेटघाट, छलफल तथा भ्रमणका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासले समन्वय गरेको छ। भ्रमणका क्रममा लामिछाने अयोध्या जाने कार्यक्रम पनि छ।

सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित