पाकिस्तानमा ११ जनाको हत्या

पाकिस्तान । बन्दुकधारीहरुले उत्तरपश्चिम पाकिस्तानमा एक प्रमुख स्थानीय राजनीतिज्ञसहित एघार व्यक्तिको हत्या गरेको प्रहरीले मङ्गलबार जानकारी दिएका छन् । परिवारबीचको दशक लामो प्रतिशोधको कारणले आक्रमण भएको जनाइएको छ ।

पाकिस्तानमा अन्तर–पारिवारिक झगडा सामान्य रहेको छ । खैबर पख्तुनख्वा प्रान्तको जिल्ला परिषद्का नेता ४२ वर्षीय आतिफ मुन्सिफ खानको सोमबार राति इस्लामाबादबाट ३३ किलोमिटर उत्तरमा रहेको हवेलियन सहरमा हत्या भएको प्रहरीले जनाएको छ ।

खान, अंगरक्षक र प्रहरसहित १० जनालाई बोकेको गाडीमा दुई तर्फबाट पाँच जनाले गोली चलाएको र ती सबैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी अधिकारी ओमर तुफेलले एएफपीलाई बताए ।

परिणामस्वरूप गाडीमा आगो लाग्यो र, यसमा सवार सबै जिउँदै जलेका छन् । जलेका शवहरू अहिले पहिचान बाहिर भएको उनले बताए । खान परिवारले आफ्ना प्रतिद्वन्द्वीहरूलाई हत्याको दोष लगाउँदै लगभग पाँच दशक पुरानो झगडाको कारण देखाउँदै पुलिसमा उजुरी दर्ता गरेका तुफेलले जानकारी दिएका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित