काठमाडौं । सञ्चारमन्त्री रेखा शर्माले एक–दुई दिनभित्रै सरकारले पूर्णता पाउने बताएकी छिन्। बुधबार रिपोटर्स क्लबको २५औं वार्षिकोत्सव अवसरमा सहभागी सरकारको प्रवक्तासमेत रहेकी माओवादी नेतृ शर्माले यस्तो दाबी गरेकी हुन्।
उनले दस दलीय गठबन्धन दलबीचको छलफल सहमतिको अन्तिम चरणमा पुगेकाले एक–दुई दिनभित्रै सरकारले पूर्णता पाउने दाबी गरिन्।
पुरानो गठबन्धन नरहेको र नयाँ गठबन्धन निर्माण भएकाले सरकारलाई पूर्णता दिने प्रक्रियामा केही ढिलाइ भएको उनको भनाइ छ।