काठमाडौं । सरकारले गणेश नेपालीले आत्मदाह गरेको घटनामा छनबिनका लागि समिति गठन गरेको छ ।
गृहमन्त्री सुधन गुरुङले डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको सदनमा जानकारी दिए । समितिमा पाँच सदस्य छन् ।
उनका अनुसार सोधपुछका लागि काठमाडौं महानगरपालिकाका तीनजना नगर प्रहरीलाई नियन्त्रणमा लिइएको छ । निष्पक्ष छानबिन गर्ने गृहमन्त्रीले जानकारी दिए ।




































