बाल संगठनको रकम हिनामिना प्रकरण : तीन जना सिआईबीले लियो नियन्त्रणमा

काठमाडौं । नक्साल स्थित नेपाल बाल सङ्गठनको रकम हिनामिना गरेको आरोपमा सिआईबीले ३ जनालाई पक्राउ गरेको छ । अनुसन्धानका लागी ३ जनालाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा ५१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ, ६२ वर्षीय ओमकृष्ण श्रेष्ठ र ५४ वर्षीया आशा श्रेष्ठ छन् ।

उच्चस्तरीय जाँचबुझ समिति २०७७ को प्रतिवेदन अनुसार अनुसन्धानको लागि उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेहरु बाल मन्दिरको कार्यसमितिमा बसेर काम गरेका सदस्य र सचिव हुन् । आरोपीहरूले बाल मन्दिरमा बालबालिकालाई भरणपोषण र शिक्षा दीक्षाको लागी प्राप्त रकम रकम हिनामिना गरेको आरोप छ ।

नक्सालस्थित नेपाल बाल संगठनको जग्गा सस्तो मूल्यमा ७९ वर्षसम्मको लागि भाडामा दिएर लाभ लिएको कसुरमा प्रहरीले यसअघि अनुसन्धान गरेर मुद्दा चलाएको थियो । सो प्रकरणमा बाल मन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंहसहित २० जनामाथि अनुसन्धान गरेको थियो ।

मासिक ९ लाख रुपैयाँ भाडा तोकेर बि।सं २१३२ साल सम्मका लागि पूर्व पदाधिकारीहरूले वृहस्पति विद्या सदनसँग सस्तो मूल्यमा सम्झौता गरेको अनुसन्धानबाट भेटिएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित