शंकास्पद पार्किङबारे मनिष झाको प्रश्न- यस्तो बचपना देखाएर राजकाज चल्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले विभिन्न सञ्चार गृह तथा नेताहरूको निवास अगाडि शंकास्पद रूपमा गाडी राखेर अवरोध सिर्जना गरिएको घटनाप्रति आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता झाले यस किसिमको कार्यलाई बचपना र स्तरहीन हर्कतको संज्ञा दिएका हुन् ।

सोमबार प्रमुख प्रतिपक्षी दलका नेताको निवास तथा विभिन्न मिडिया हाउसका गेट अगाडि शंकास्पद सवारीसाधन पार्किङ गरिएको थियो । नेता झाले यसमा संलग्नहरूमाथि कडा अनुसन्धान र कारबाहीको माग गरेका छन्।

राज्यले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिनुपर्नेमा उल्टै आतङ्कित बनाएको आरोप लगाउँदै झाले लेखेका छन्, ‘सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो। यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ। राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैँ थप आतङ्कित बनाउने हैन ।’

सरकारको यस्तो कार्यशैलीले लोकतान्त्रिक मूल्य र जनभावनाको अपमान गरेको उनको भनाइ छ । ‘यस्तो बचपना देखाएर राजकाज चल्छ ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी सहादत भएको हो ? यस किसिमको काम प्रति घोर आपत्ति छ,’ उनले लेखेका छन् ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित