मोरक्कोलाई २-० ले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश

काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत आज बिहान सकिएको खेलमा मोरक्कोलाई २-० ले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ।

अमेरिकाको बोस्टन स्टेडियममा सम्पन्न खेलमा फ्रान्सको जितको लागि कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेले १-१ गोल गरे।

पहिलो हाफमा एम्बाप्पेले पेनाल्टी मिस गरे। दुवैतर्फबाट पहिलो हाफमा गोल हुन सकेन। दोस्रो हाफमा फ्रान्सका लागि एम्बाप्पे र डेम्बेलेले १-१ गोल गरे।

यो जितसँगै फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। यो हारसँगै अन्तर्राष्ट्रिय फुटबलमा मोरक्कोको लगातार ३४ खेलको अपराजित यात्रा पनि टुंगिएको छ।

सन् २०१८ को विश्व विजेता तथा २०२२ को उपविजेता फ्रान्सले अब फाइनल प्रवेशका लागि स्पेन र बेल्जियमबीचको खेलको विजेतासँग खेल्नेछ।

एमबाप्पेले पहिलो हाफको २८औँ मिनेटमा हानेको पेनाल्टी मोरक्कोका गोलकिपर यासिन बोनोउले रोकेका थिए।

२५औँ मिनेटमा मोरक्कोका माजाउरीले एमबाप्पेलाई फल गरेर पेनाल्टी बक्समा ढालेपछि रेफ्रीले फ्रान्सलाई पेनाल्टी दिएका थिए।

दोस्रो हाफको ६०औँ मिनेटमा डिजायर डुएको पासमा एम्बाप्ले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। ६६ औँ मिनेटमा डेम्बेले जितका लागि निर्णायक गोल गरे।

आजको गोलसहित फ्रान्सेली कप्तान एम्बाप्पेको जारी विश्वकपमा गरेको गोलको संख्या ८ पुगेको छ। उनले अर्जेन्टिनाका कप्तान लियोनल मेसीको बराबर गोल गरेका छन्।

आजको खेलमा डेम्बेलेले गरेको गोलमा एम्बाप्पेले असिस्ट समेत गरेका थिए। एमबाप्पेले ८ गोलसँगै ३ असिस्ट पनि गरे। जसले गर्दा सर्वाधिक गोलकर्तामा एमबाप्पे मेसी भन्दा अगाडि रहेका छन्।

जारी खेलको अहिलेसम्म मेसीले पनि ८ गोल गरेका छन्। तर उनको १ असिस्ट मात्रै छ। योसँगै एमबाप्पेले विश्वकपमा समग्रमा २० गोल पुर्‍याएका छन्। यो मेसीको भन्दा एक गोल मात्रै कम हो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित