काठमाडौं । यस वर्ष शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका सेयरधनीहरुले ११.०५ प्रतिशत लाभांश पाउने भएका छन् । बैङ्कले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई १०.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
बैङ्कको असोज २३ गते बसेको सञ्चालक समितिको बैठकले सो बराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो । अघिल्लो वर्ष बैङ्कले १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ शून्य ०.७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । बैङ्कले मर्जर बिना नै आफूलाई अब्बल बैङ्कको सूचीमा कायम राखेको छ । बैङ्कको अधिकांश सूचकहरू सन्तोषजनक रूपमा वृद्धि हुँदै आएको छ ।
बैङ्कले विगत १३ वर्षदेखि निरन्तर आफ्ना सेयरधनीहरूको हात रित्तो बनाएको छैन । बैङ्कले बोनस सेयर वितरणमै जोड दिएको देखिन्छ । आर्थिक वर्ष २०६७/६८ देखि नै बैङ्कले निरन्तर सेयरधनीहरुलाई लाभांश वितरण गर्दै आएको छ । सो आवमा बैङ्कका सेयरधनीले १५ प्रतिशत मात्रै नगद लाभांश पाएका थिए । त्यसपछि नै बैङ्कले निरन्तर रूपमा सेयरधनीहरुलाई मख्ख बनाउँदै आएको छ । बैङ्कले आव २०६८/६९ मा १७ प्रतिशत बोनस र ०.८९ प्रतिशत नगद लाभांश, आव २०६९/७० मा २० प्रतिशत बोनस र आव २०७०/७१ मा पनि १२ प्रतिशत नगद र १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
कुन आर्थिक वर्षका कति दियो ?