आज देशभरका अस्पतालमा ओपिडी बन्द, आकस्मिक सेवामात्रै खुला रहने

काठमाडौं । नेपाल चिकित्सक संघले आज देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्दको घोषणा गरेको छ।

मंगलबार चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि राज्यले दमन गरेको भन्दै विरोधस्वरूप देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको हो। योसँगै आज अस्पतालमा ओपिडी सेवा पनि बन्द हुनेछ।

साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वाथ्यकर्मीहरूमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संघले दोषीलाई कारबाही गर्न माग गरेको थियो।

आक्रमणबाट डा. प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको र अन्य चिकित्सकहरू तथा स्वास्थ्यकर्मीहरूमाथि समेत सांघातिक आक्रमण गर्नेमा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन २०६६ अनुसार कारबाही गर्न माग गरेको छ।

उक्त माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ताको क्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहालको उपस्थितिमा प्रमुख एवं एसपी सुदिपराज पाठकले प्रहरी परिचालन गरी संघका केन्द्रीय कारयकारिणी समितिका सदस्य र संघका नारायणी शाखाका अध्यक्ष लगायत चिकित्सकहरूमाथि गालीगलौज गरी दुर्व्यवहार भएको विज्ञप्तिमा उल्लेख छ। संघले यस घटनाको भत्सर्ना गरेको छ।

यसरी चिकित्सकहरूको मानमर्दन गरेको भन्दै एसपी र सिडिओलाई समेत कारबाहीको माग संघले गरेको छ। संघले आन्दोलनको थप कार्यक्रम सर्वपक्षीय भेला पछि तय गर्ने घोषणा समेत गरेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित