भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौं । नेपाली कृषकलाई आफ्नो खेत/बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ छ । तीन–चार महिना दुःखजिलो गरेर भित्राएको मकैले उचित मूल्य पाउन सकिरहेको छैनन् । तर, नेपालका होटल तथा रेष्टुरेण्टमा भने छिमेकी मुलुक भारत तथा चीनबाट आयात गरिएको ‘स्वीट कर्न फ्रोर्जन’ को परिकार खान भने नेपाली ग्राहक मरिहत्ते गरेको देखिन्छ ।

होटल एसोसिएसन अफ नेपाल बागमतीका अध्यक्ष रामसुन्दर बक्रे नेपालका होटल तथा रेष्टुरेण्टमा ग्राहकको रोजाइमा ‘स्वीट कर्न’ पर्दै आइरहेको बताउँछन् । ‘‘हाम्रै गाउँघरमा प्रशस्त मकै हुन्छ । तर, ‘स्वीट कर्न’ भने छिमेकी मुलुकबाटै आयात गर्नुपर्ने अवस्था छ’’, उनले भने, ‘‘कम्तीमा यही उत्पादन भएको मकैलाई स्वीट कर्न बनाउन सके हुन्थ्यो ।” अध्यक्ष बक्रेले स्वीट कर्नमा चिल्लोजन्य पदार्थ नहुने भएकाले पनि सर्वसाधारणको रोजाइँमा पर्ने गरेको बताउँछन् ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा सात करोड ३९ लाख ९४ हजार मूल्य बरामरको आठ लाख ९८ हजार १९८ किलोग्राम ‘स्वीट कर्न फ्रोजन’ आयात भएको छ । विभागले ती ‘स्वीट कर्न’ आयात गरेवापत रु एक करोड ४० लाख ३६ हजार राजस्व सङ्कलन गरेको छ ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा भारतबाट रु आठ करोड ६४ लाख दुई हजार मूल्य बराबरको नौ लाख पाँच हजार ७०१ किलोग्राम स्वीट कर्न फ्रोजर आयात भएको थियो । सोही आर्थिक वर्ष चीनबाट भने रु आठ हजार मूल्य पर्ने ७५ किलोग्राम स्वीक कर्न फ्रोजन आयात भएको देखिन्छ । विभागले आव २०८१/८२ मा स्वीट कर्न आयात गरेवापत रु एक करोड ७४ लाख १५ हजार मूल्य बराबरको राजस्व सङ्कलन गरेको थियो ।

विदेशबाट स्वीट कर्न मात्रै होइन, ठूलो परिमाणमा मकै पनि भित्रिने गरेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा भारत, टर्कीय, ब्राजिल, अर्जेन्टिना, कतार, चीनलगायत मुलुकबाट रु १२ अर्ब ४१ करोड मूल्य बराबरको ३० करोड ६५ लाख ४५ हजार ९०६ किलोग्राम खाद्यान्न मकैको आयात भएको छ ।

त्यस्तै आव २०८१/८२ मा आधा दर्जनभन्दा धेरै मुुलुकबाट रु १९ अर्ब २७ करोड ६९ लाख ८५ हजार मूल्य बराबरको रु ३८ करोड ३१ लाख नौ हजार २६९ किलोग्राम खाद्यान्न मकै आयात भएको तथ्याङक छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित