काठमाडौं । नवनियुक्त प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की, आयुक्तहरू गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाले शपथ लिएका हुन्।
कार्कीलाई प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले शपथ गराएका हुन्। आयुक्तहरू वाग्ले र सुब्बालाई प्रमुख निर्वाचन आयुक्त कार्कीले शपथ गराए । बिहीबारनै राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति दिएका उनीहरूको शपथ सर्वोच्च अदालतमा भएको हो।
संसदीय सुनुवाइ समितिले तीनै जनाको नाम अनुमोदन गरेपछि संवैधानिक परिषद्ले नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।






































