एलओडीमा ‘एनपीएल नाइट’ हुँदै

काठमाडौं । एलओडी क्लबमा आज ‘एनपीएल नाइट’ हुने भएको छ । ठमेलस्थित एलओडी क्लबमा ‘नेपाल प्रिमियर लिग’ को विजेता खेलाडीसहित अन्य आठ वटै टीमको सहभागिता रहने भएको छ ।

एनपीएल नाइटमा विजेता टीमहरूको सहभागिता रहने क्लबका सीइओ रविन श्रेष्ठले जानकारी दिए । उनका अनुसार ‘एनपीएल’ समापन भएको अवसरमा सेलिब्रेसन नाइट हुने भएको छ । एनपीएलमा सहभागी सबै खेलाडी तथा टीमहरूको सहभागिता रहनेछ ।

‘हाम्रो मुलुकको लागि एनपीएल हुनु भनेको गौरवको विषय हो । विभिन्न देशका खेलाडीहरू एनपीएलमा आएकाले मुलुकको पर्यटन प्रचारप्रसारमा ठूलो सहयोग भएको छ,’ उनले भने ।

एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बनेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुरू भएको एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बनेको हो ।

यसअघि क्लबका सीइओ रविन श्रेष्ठ र क्रिकेट एशोशिएसनका सचिव पारस खड्काले सम्झौता गरेका थिए । आगामी वर्षमा पनि क्लब इन्टरटेन्मेन्ट पार्टनर बन्न सक्ने उनले बताए ।

एनपीएलको खेल अवधिभर मनोरञ्जन पार्टनर बनेको क्लबका डिजेहरूले ‘म्युजिक’ प्ले गर्ने गरेका थिए । खेलमा सहभागी खेलाडी र खेल हेर्न आएका दर्शकलाई मनोरञ्जन गराउन क्लबले जिम्मेवारी पाएको श्रेष्ठले बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित