कास्की । तनहुँको ऋषिङ गाउँपालिका ४ भिरकोटका नेपालहरी रानाभाटले नयाँ लोकदोहोरी गीत ‘तिम्रो माया फुल जस्तै बसायो’ बजारमा ल्याएका छन् ।
रानाभाटले आफ्नै शब्द लयमा गीत बजारमा ल्याएका हुन् । बाल्यकालदेखिका सम्झनाहरुलाई शब्दमा उतारेका उनको गीतमा रामजी पौडेल र समीक्षा अधिकारीको स्वर रहेको छ ।
राजमी पौडेल नामक युटुव च्यानलबाट आइतबारदेखि भिडियो बजारमा आएको छ । अभिनेत्री अन्जली अधिकारीको साथमा आफ्नो भूमिका निभाएका रानाभाटले अधिकांस छायाँकन आफ्नै जन्मस्थान गरेको हुन् ।
भिडियो हेर्नुहोस्





































