काठमाडौं । विजय सुनाम र इना बेल्बासेको स्वरमा नयाँ लोकदोहोरी गीत ‘ओए सानु’ सार्वजनिक भएको छ।
गीतलाई कलाकार सन्तोष शर्मा नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीतमा गायक विजय सुनामकै संगीत रहेको छ भने शब्द कुशल दाहालले तयार पारेका हुन्। पूर्ण संयोगको संगीत संयोजन रहेको यस गीतलाई मालश्री स्टुडियोमा रेकर्ड गरिएको हो। गीतको मिक्सिङ तथा मास्टरिङ खडक बाजुरालीले गरेका छन् ।
प्रविन थापाको कथा तथा निर्देशनमा तयार भएको भिडियोमा कलाकार सन्तोष शर्मा, आयुष्मा कार्की र दिनेश पोखरेलको अभिनय देख्न सकिन्छ। राजेश घिमिरेले खिचेको भिडियोलाई अमृत चापागाईंले सम्पादन र रङ संयोजन गरेका छन्।
भिडियाे हेर्नुहाेस्
































