प्रभु बैंक : तत्कालीन सीईओ अशोक शेरचनसहित १२ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता

काठमाडौं । प्रभु बैंक लिमिटेडविरुद्धको मुद्दा उच्च अदालतमा दायर भएको छ । शेल कम्पनी र कृत्रिम व्यवसाय खडा गरी ५९ करोड ७७ लाख रुपैयाँ कर्जा दुरुपयोग गरेको कसुरमा प्रभु बैंकका तत्कालीन कार्यकारी अधिकृत अशोक शेरचनसहित १२ जनाविरुद्ध मुद्दा दायर भएको हो ।

यी प्रतिवादीलाई फरकफरक विगो दाबी गर्दै सजायको मागसहित विशेष सरकारी वकिलको कार्यालयले उच्च अदालतमा मुद्दा दायर गरेको हो । प्रत्येक प्रतिवादीलाई ११ देखि ४१ करोड रुपैयाँसम्म विगो दाबी गरिएको छ ।

शेरचनसँगै मुद्दा चलाइनेमा राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डे पनि छन् । उनलाई १६ करोड रुपैयाँ विगो दाबी गरिएको छ ।

यस्तै, राम जानकी हेल्थ फाउन्डेसन सञ्चालक समिति सदस्य देव ढुंगानालाई पनि प्रतिवादी कायम गरिएको छ । बैंकिङ कसुरमा सजाय मागदाबी गरिएका अन्य प्रतिवादीहरूमा मणिराम पोखरेल, रिवश श्रेष्ठ, रश्मी पन्त, रिभान लामा, धनबहादुर शेरचन, महावीर तामाङ, देवान राई, सुरेशकुमार तिवारी र हरिकृष्ण भट्टचन छन् ।

उनीहरू सबैलाई कुल ५९ करोड ७७ लाख ६ हजार ९ रुपैयाँ ६५ पैसा विगो भराई सजायको मागदाबी छ । प्रभु बैंक लिमिटेडबाट लिइएको कर्जा जुन प्रयोजनका लागि लिइएको हो सो कार्यमा नलगाई अन्यत्रै प्रयोग गरी कर्जाको दुरुपयोग गरेको दाबी अभियोगपत्रमा छ ।

उनीहरूले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुर गरेको बताइएको छ । पाण्डेलाई सीआईबीको टोलीले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित