काठमाडौं । ट्राफिक प्रहरीले अबदेखि ड्युटीमा रहेका बेला सेवाग्राही तथा सवारी चालकहरूसित हात मिलाउन नपाउने भएका छन् ।
उपत्यका ट्राफिक कार्यालय रामशाहपथले मातहतका ट्राफिक प्रहरीलाई हात नमिलाउन निर्देशनसहित पत्राचार गरेको हो ।
हात मिलाएका सामान्य फोटो तथा भिडियो सामाजिक सञ्जालमा गलत ढंगले प्रचार गरिएको भन्दै त्यस्तो निर्देशन भएको हो । ट्राफिक प्रहरीलाई टाढाबाट नै नमस्कार गर्न निर्देशन दिइएको छ ।






























