बाजुराको लाम्पाटा सुरक्षा वेशमा हेलिकप्टरमार्फत बन्दोबस्तीका सामग्री पुर्‍याइयो

काठमाडौं । बाजुराको हिमाली गाउँपालिकास्थित लाम्पाटामा स्थापना गरिएको अस्थायी संयुक्त सुरक्षा वेशमा बन्दोबस्तीका सामग्री पुर्‍याइएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट पठाइएका ती सामग्री बाजुरास्थित गुल्मबाट बुधबार बिहान हेलिकोप्टरमार्फत लाम्पाटा पु¥याइएको हो ।

उक्त स्थानमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा गत जेठ ३१ गते सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा वेश स्थापना गरिएको थियो । नं. ७ बैध्यनाथ बाहिनी मुख्यालयका बाहिनिपती सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीले लाम्पाटा पुगेर त्यहाँ तैनाथ सुरक्षाफौजको कामकारबाही बारे जानकारी लिनुका साथै आवश्यक निर्देशन दिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

सशस्त्र मुख्यालयबाट परिचालन गरिएको सो टोलीलाई अनुगमन, निर्देशन र आवश्यक समन्वयसमेत हेडक्वार्टरबाटै हुनेछ । सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा सो टोली जेठ २७ गते त्यसतर्फ प्रस्थान गरेको थियो । केही दिनयता सो क्षेत्रमा बाजुरा र हुम्लाका नागरिकबीच विवाद उत्पन्न भएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित