आरजु राणाको जलेकै घरमा टाँस्यो अख्तियारले ‘हाजिर हुने’ सूचना

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाको नाममा अख्तियार दुरुरुपयोग अनुसन्धान आयोगले हाजिर हुने सम्बन्धी सूचना जलेको घरको भित्तामा टाँसेको छ।

अख्तियारले राहदानी छपाइको ठेक्काका विषयमा अनुसन्धान गरिरहेको छ। यसमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित चार जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको अख्तियारले पूर्वपरराष्ट्रमन्त्री राणालाई पनि हाजिर हुने सूचना जारी गरेको हो।

हाल पूर्वपरराष्ट्रमन्त्री राणा पति पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँगै विदेशमा छिन्। जेनजी आन्दोलनमा घाइते भएका देउवा र राणा सिंगापुर हुँदै उपचारका लागि हङकङ पुगेका थिए। त्यसपछि उनीहरूबारे जानकारी सार्वजनिक भएको छैन।

उनीहरू विदेशमा रहेपछि अख्तियारले काठमाडौँको बुढानिलकण्ठ नगरपालिका २ स्थित राणाको घरको भित्तामा सूचना टाँसेको हो। जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते घरमा आगजनी गरिएको थियो। आगजनीबाट ध्वस्त भएको घरका केही भित्ता मात्रै बाँकी छन् । अख्तियारको टोलीले त्यही जलेर बाँकी रहेको भित्ता सूचना टाँसेको छ।

अख्तियारको सूचनामा भनिएको छ, ‘यस आयोगमा परेको वादी नेपाल सरकार प्रतिवादी आरजु राणा देउवा समेत भएको राहधानी छपाई सम्बन्धी कार्यमा भ्रष्टाचारजन्य कसुर गरेको भन्ने उजुरीको अनुसन्धानकाृ सिलसिलामा तपाईसँग बयान लिनु पर्ने भएकाले यो सूचना बुझेको वा तपाईंको घर दैलोमा टाँस भएको मितिले बाटोको म्यादबाहेक ३ दिनभित्र यस आयोगको महाशाखा नं १२ कोठा नं १ टंगाल, काठमाडौँमा उपस्थित हुन आउनु होला, नआए कानुन बमोजिम हुनेछ।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित