५७ सय मिटर उचाइबाट निकालियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलामा पर्ने ब्रोड पिकमा हिमपहिरोमा परी मृत्यु भएका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल ुनिम्स दाइु पुर्जाको शव निकालिएको छ।

बिहीबार आरोहण क्रममा हिमपहिरोमा परी बेपत्ता भएका निर्मल पुर्जा शनिबार मृत भेटिएका थिए।प्रतिकूल मौसमका कारण आइतबार मात्रै उनको शव निकालिएको पाकिस्तानको आरोहणसम्बन्धी अग्रणी संस्था अल्पाइन क्लब अफ पाकिस्तान (एपिसी) लाई उद्धृत गर्दै बिबिसीले लेखेको छ।

एपिसीका अनुसार निम्सको शव ५ हजार ७ सय मिटर उचाइमा फेला परेको थियो। त्यहाँबाट उनको शवलाई आजै जापानी क्याम्पसम्म ल्याउने तयारी छ।

निम्सको शव नजिकै अरू तीन जनाको शव रहेको पनि बिबिसीले जनाएको छ। उनीहरू मृतक १० जनामध्ये को को हुन् भनेर चाहिँ पहिचान हुन बाँकी छ। एसिपीले अत्यन्त कठिन भौगोलिक अवस्था, हिमपहिरोको उच्च जोखिम र ठाडो भीरका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको जनाएको छ।

मौसम प्रतिकूल रहेकाले हेलिकप्टर परिचालन गर्न नसकिएको र पाकिस्तान तथा नेपालका आठ सदस्यीय उद्धार टोलीले आइतबार बिहान ९ बजेअघि क्याम्प–१ पुगेर शव निकाल्ने प्रयत्न गरेको पाकिस्तानी अनलाइन डनले जनाएको छ।

मौसम प्रतिकूल रहेकाले हेलिकप्टर परिचालन गर्न नसकिएको र पाकिस्तान तथा नेपालका आठ सदस्यीय उद्धार टोलीले आइतबार बिहान ९ बजेअघि क्याम्प–१ पुगेर शव निकाल्ने प्रयत्न गरेको पाकिस्तानी अनलाइन डनले जनाएको छ।

हिमपहिरोमा परी बेपत्ता भएका पुर्जासहित १० जनामध्ये गोरखाका पुरबहादुर गुरूङ ुयुक्ताु सहित तीन जनाको शव शुक्रबार नै आधार शिविरमा ल्याइएको थियो। बेपत्ता रहेका बाँकी ७ जनालाई खोजी गर्ने क्रममा ड्रोन र हेलिकप्टर परिचालन गरी उनीहरूको शव भएको स्थान पत्ता लागेको थियो।

शनिबार प्रतिकूल मौसमका कारण आइतबार बिहानमात्रै शव निकाल्न टोली परिचालन गरिएको थियो।
आरोहण टोलीमा नेपालका निम्सदाइ सहित पुरबहादुर गुरूङ युक्ता, किली पेम्बा शेर्पा किल निमा शेर्पा र नवाङ थिन्डु शेर्पा थिए।

त्यस्तै ओमानका नधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ जोङ र अमेरिकाकी मालोरी गाइस् थिइन्। निम्स दाइ संस्थापक रहेको शनिबार उनीहरू सबैको मृत्यु भएको घोषणा गरेको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित