सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन र गृहमन्त्रीको खोजी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहलमा बुधबार बिहान सिंहदरबारमा सर्वदलीय बैठक भएको छ। रास्वपाका सभापति रवि लामिछानेले आह्वान गरेको उक्त बैठकमा सहभागी प्रमुख प्रतिपक्षी तथा अन्य राजनीतिक दलका नेताहरूले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र शान्ति कायम राख्न अपिल गरेका छन्।

बैठकमा विपक्षी दलका नेताहरूले देशमा यति ठुलो संकट उत्पन्न हुँदासमेत प्रधानमन्त्री बालेन शाह र गृहमन्त्रीको उपस्थिति नदेखिएको भन्दै तीव्र असन्तुष्टि जनाएका छन्। बैठकमा आफ्नो धारणा राख्दै नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुनसरीको परिस्थितिप्रति गम्भीर चिन्ता प्रकट गरे। संवेदनशीलताको यो घडीमा सबै पक्षले संयम अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर हुनुपर्नेमा उनले जोड दिए।

विगतका जटिल परिदृश्यहरू स्मरण गराउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘विगतमा भूकम्प, बाढी–पहिरोजस्ता विपद्का बेला होस् वा संविधान निर्माणजस्तो जटिल प्रक्रियामा, हामीले साझा सहमति र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गरेका थियौँ। आज पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारीको आवश्यकता छ।’

राष्ट्रिय महत्त्वका यस्ता संवेदनशील विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार किन साझा समाधानतर्फ अग्रसर हुन सकिरहेको छैन भन्दै उनले गम्भीर प्रश्न उठाए। समयमै सर्वदलीय छलफल डाकेकोमा रास्वपा सभापति रवि लामिछानेलाई धन्यवाद दिँदै प्रचण्डले सरकारलाई अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्न आग्रह गरे।

उनले थपे, ‘बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन सक्दैन। संवाद, सहमति र राजनीतिक समझदारीमार्फत नै परिस्थितिलाई सहज बनाउन सकिन्छ।’

घटनास्थलमा स्थानीयबाहेक बाहिरी रूपमा वातावरण भड्काउने तत्त्वहरूसमेत सक्रिय हुन सक्ने भएकाले उच्च सतर्कता अपनाउनुपर्ने प्रचण्डको भनाइ थियो। उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्दै यो समय राजनीतिक तिक्तता बढाउने नभई राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय भएको उल्लेख गरे।

यस्तै, नेपाली कांग्रेसका सभापति गगन थापाले समयमै सर्वदलीय बैठक बोलाएर पहलकदमी लिएको भन्दै रास्वपा र सभापति रवि लामिछानेप्रति आभार व्यक्त गरे। उनले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको अन्तर्निहित शक्ति र नागरिकले साझा प्रयत्नबाट आर्जन गरेको पुँजी भएको बताए।

कांग्रेसले आफ्ना पार्टीका स्थानीय जनप्रतिनिधि र कार्यकर्तालाई व्यक्तिगत रूपमै सम्पर्क गरेर संयमता अपनाउन र साना–साना बैठकमार्फत सद्भावको सन्देश फैलाउन निर्देशन दिइसकेको जानकारी उनले दिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित