बुर्तिबाङ । बागलुङको ढोरपाटन नगरपलिका वडा नम्बर १ मा ८५ वर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् ।
साउन १५ गते ८५ वर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले ढोरपाटन नगरपालिका वडा नम्बर १ का २८ वर्षीय सुमन कुमाललाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार पक्राउ परेका कुमाललाई ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।




































