बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी

बुटवल । लुम्बिनी प्रदेशकै जेठो र ठूलो आंगिक क्याम्पस बुटवल बहुमुखीमा नेकपा एमालेनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को प्यानल नै विजयी भएको छ ।

तीन दशकदेखिको आफ्नो विरासतलाई कायम राख्दै क्याम्पसमा अखिलका दुर्गबहादुर एमसीसहित प्यानलका सम्पूर्ण सदस्य निर्वाचित भएका हुन् ।
सोमवार सार्वजनिक अन्तिम मत परिणामअनुसार अखिलका एमसीले १ हजार २१४ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी माओवादी निकट अखिल क्रान्तिकारीका शिवबहादुर खवासले ६३५ र कांग्रेसनिकट नेविसंघका कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)का सागर पौडेलले ४७४ मत ल्याए ।

त्यसैगरी सचिव पदमा अनेरास्वियुका नीलकण्ठ पाण्डेय, कोषाध्यक्ष पदमा अनेरास्ववियुका शशांक बस्याल निकटतम् प्रतिस्पर्धीभन्दा धेरै मतान्तरले विजयी भएका छन्

यस्तै सदस्य पदमा पनि अनेरास्ववियुका नविन खनाल, सूचना भण्डारी, सुनिल कार्की, भूकम्प अर्याल, विमलकुमार पासी, सागर एमसी र प्रज्वल बस्नेत फराकिलो मतान्तरले विजयी भएको भएका छन् ।

कूल ७ हजार ११० मतदाता रहेको क्याम्पसमा २ हजार ६८१ मत खसेको थियो । बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुले ०४९ सालदेखि जित्दै आएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित