बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी निर्वाचित भएका छन् । आज सम्पन्न निर्वाचनमा ढालेन्द्र रायमाझीले ९१ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्दी पुनम शर्माले ८२ मत प्राप्त गरेका छन् । उपसभापतिमा खिमानन्द पौडेलले ९९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्धन्दील देबुजंगले ७५ मत प्राप्त गरेका छन् ।
यस्तै सचिवमा लिलबहादुर खत्रीले १११ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्दी प्रकाश रिजालले ६५ मत प्राप्त गरेका छन् । सहसचिवमा बालकृष्ण शर्माले ८८ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्धन्दी कमल प्रसाद खरेलले ८५ मत प्राप्त गरेका छन् ।



































