‘प्रेमगीत ३’ भारतमा ‘विश्वजितम्’ नामबाट रिलिज गरिने

काठमाडौं । निर्माता÷निर्देशक सन्तोष सेनको बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत–३’ छिमेकी राष्ट्र भारतमा ‘विश्वजितम्’ नामबाट रिलिज हुने भएको छ । निर्देशक सेनले ‘प्रेमगीत–३’ भारतमा ‘विश्वजितम्’ नामबाट रिलिज हुने जानकारी गराएका हुन् ।

सेनका अनुसार अब यो फिल्म असोज ७ गतेबाट नेपाल र भारत दुवै देशमा एकसाथ रिलिज गरिने भएको छ । सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेका यस फिल्म कोरोना महामारी अगाडि नै निर्माण सम्पन्न भएको थियो । तर, लकडाउन र प्राविधिक कारण फिल्मको रिलिज मिति पटक–पटक पोष्टपोण्ड गर्नुपरेको थियो ।

निर्माता÷निर्देशक सेनले लामो समय मुम्बइमा नै बसेर यस फिल्म हिन्दी भाषामा डबिङ गराएका थिए । पहिलो पटक भारतीय फिल्म वितरकले व्यवसायिक रुपमा नेपाली फिल्म रिलिज गर्न लागेको हो ।

यो फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, समृद्धि शाही ठकुरी, कृजन गौतम, जीवन बराल, जीवन भट्टराई सुजल बस्नेतको मुख्य भूमिका रहेको छ ।

करिब दुई सय वर्ष अघिको प्रेम काहानीलाई पर्दामा प्रस्तुत गरिएको फिल्मलाई स्वर्गीय निर्देशक छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित