कोशीमा कांग्रेसका मन्त्रीले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको छ। कोशीमा मन्त्री रहेका कांग्रेस नेताहरूले बुधबार सामूहिक रूपमा मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा बुझाएका छन्।

कांग्रेस २०८१ भदौ २ गते कोशी प्रदेश सरकारमा सहभागी भएको थियो । एमाले र नेकपाले साउन ९ मा प्रदेश सरकारहरू मिलेर चलाउन ३ बुँदे सहमति गरेपछि एमाले र कांग्रेसबीचको सहकार्य टुटेको थियो।

कांग्रेसका मन्त्रीहरू बाहिरिएपछि अब कोशी सरकारमा नेकपाको प्रवेश हुनेछ । अहिले कोशीमा कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ सरकारमा थिए। उनीहरूले सामूहिक राजीनामा मुख्यमन्त्रीलाई बुझाएका हुन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित