दुर्गा सोब र सन्तोष परियार पक्षबीच ८ बुँदे सहमति गरेरै फुट्यो प्रलोपा

काठमाडौं । विभिन्न राजनीतिक समूहहरू मिलेर बनेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) औपचारिक रूपमा विभाजित भएको छ। पार्टीभित्रको वैचारिक र सांगठनिक मतभेदका कारण एकीकृत रूपमा अघि बढ्न नसक्ने निष्कर्ष निकाल्दै दुई अध्यक्ष दुर्गा सोब र सन्तोष परियार पक्षबीच ८ बुँदे सहमति भएसँगै पार्टी फुटेको हो।

सहमति अनुसार दुर्गा सोबको नेतृत्वमा रहने पक्षले नेसपाको नाममा पार्टीको नाम र ुआँखाु निर्वाचन चिन्ह कायम राख्नेछ भने सन्तोष परियारको नेतृत्वले प्रलोपाकै नाममा छुट्टै निर्वाचन चिन्ह र तीन रङको झण्डा प्रयोग गर्ने निर्णय गरेको छ।

२०८२ मंसीरमा एकीकृत भएको यो पार्टीले सम्पत्ति र दायित्व पनि आपसी समझदारीमा बाँडफाँड गर्ने र निर्वाचन आयोगमा रहेको पुरानो निवेदन फिर्ता लिने सहमति गरेको छ। एक–अर्काको राजनीतिक अस्तित्वलाई सम्मान गर्दै अलग भएका दुवै समूहले सुशासन र संघीयता जस्ता राष्ट्रिय मुद्दामा भने भविष्यमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित