राजस्व चुहावट गरेको भन्दै ५ जनाविरुद्ध आरोपपत्र दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढवा गाउँपालिका दाङका तत्कालीन अध्यक्ष सहजराम अहिरसहित पाँच जनालाई राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

आयोगले तत्कालीन अध्यक्ष अहिरसमेत पाँच जना र सगुन कन्स्ट्रक्सन एण्ड इञ्जिनियरिङ प्रालि बुटबल उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको हो ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आव २०७६/७७ मा वडा नं १ र २ को विभिन्न स्थानमा नदीजन्य पदार्थको सङ्कलन तथा निकासीको बोलपत्र आह्वान गरेको र बोलपत्र भएपश्चात ठेकेदारसँग आपसी मोलमोलाई गरी सम्झौताबिना कार्यालयबाट सहीछापसहितको नगदी रसिद जारी गरी अनियमित ढङ्गले ठूलो परिमाणको राजस्व रकम हिनामिना गरेको आरोपमा आरोपपत्र दायर गरिएको जानकारी दिए ।

आयोगले गढवा गाउँपालिका दाङका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी, तत्कालीन राजस्व शाखा प्रमुख शम्भू चौधरी, सगुन कन्स्ट्रक्सन, बुटवल भनि सगुन कन्स्ट्रक्सन एण्ड इञ्जिनियरिङ प्रालि रूपन्देही, उक्त कम्पनीका प्रबन्ध निर्देशक सहदेव खड्का र प्रतिनिधि विकास पुन भन्ने विरास पुनमाथि आरोपपत्र दायर गरेको जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित