दुर्गा प्रसाईं सर्वोच्च नेता रहने गरी धवल शमशेरको नेतृत्वमा गठन भयो ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्री त्यागेर बाहिरिएका डा. धवलशमशेर राणाको अध्यक्षतामा जय नेपाल पार्टी गठन भएको छ ।

राष्ट्र राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक रहेका व्यवसायी दुर्गा प्रसाईं उक्त पार्टीको सर्वोच्च नेता बनेका छन् ।

केही समयअघि एकता गरेका यी दुई समूहले पार्टीको नाम राख्नका लागि उपसमिति गठन गरेको थिए । उपसमितिको सिफारिसमा पार्टीको नाम ‘जय नेपाल पार्टी’ राखिएको अध्यक्ष राणाले जानकारी दिए ।

‘उपसमितिको सिफारिसअनुसार नाम ‘जय नेपाल पार्टी’ राख्ने निर्णय भयो,’ डा. राणाले भने, ‘पार्टीको कार्यकारी अधिकारसहित अध्यक्ष म (धवल) र सर्वोच्च नेता दुर्गा प्रसाईंजी रहने पनि निर्णय भएको छ ।’

त्यसबाहेक अन्य पदाधिकारी भने तत्कालका लागि हुने छैनन् । उनका अनुसार प्लेन केन्द्रीय समिति बनाएर समय क्रममा पार्टीले नेताहरूलाई उपयुक्त जिम्मेवारी तोक्नेछ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित