होर्मुज नाका खोल्न इरान सकारात्मक भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यो घट्यो

काठमाडौं । अमेरिका र इरानबीच रणनीतिक रूपमा महत्त्वपूर्ण स्ट्रेट अफ होर्मुज पुनः सञ्चालन गर्ने विषयमा वार्ता सकारात्मक दिशामा अघि बढेको संकेतपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीन सातायताकै न्यून स्तरमा झरेको छ ।

मंगलबार ब्रेन्ट कच्चा तेलको मूल्य करिब ५ प्रतिशत घटेर प्रतिव्यारेल ८० डलरभन्दा तल पुगेको छ भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट पनि ५ प्रतिशतभन्दा बढी घटेर प्रतिव्यारेल ७६ डलरमा कारोबार भएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियो र अर्थमन्त्री स्कट बेसेन्टले होर्मुजमार्फत जहाज आवतजावत पुनः सुचारु गर्ने विषयमा प्रगति भएको र सम्झौता मंगलबार वा बुधबारसम्म हुन सक्ने बताएका छन् । यद्यपि, इरानले भने अमेरिकासँग प्रत्यक्ष वार्ता नभएको र ओमानमार्फत छलफल भइरहेको जनाएको छ ।

फेब्रुअरी अन्त्यदेखि सुरु भएको अमेरिका–इरान द्वन्द्वपछि इरानले होर्मुजमा अधिकांश जहाज आवतजावत रोकेको छ भने अमेरिका पनि इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी गरिरहेको छ । यसबीच इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबका लाल सागरस्थित बन्दरगाहमा पनि नाकाबन्दी गरेपछि वैकल्पिक समुद्री मार्गसमेत असुरक्षित बनेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित