झाँकीसहित शेरबहादुर देउवालाई स्वागत गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई झाँकीसहित भव्य स्वागत गर्ने तयारी गरिएको छ ।

देउवा स्वदेश फर्किने क्रममा सात हजारभन्दा बढी नेता–कार्यकर्ता विमानस्थलमा उतारेर स्वागत गर्ने तयारी नेपाली कांग्रेसको संस्थापनइतर पक्षले गरेको छ ।

राष्ट्रिय भेला आयोजक समितिका प्रचारप्रसार संयोजक मीन विश्वकर्माका अनुसार देउवाको स्वागतका लागि ३२ वटै आयोजक समितिले आवश्यक तयारी गरिरहेका छन् ।

“सबै समितिहरूले काम गरिरहेका छन् । पूर्वसभापति देउवाको स्वागतका लागि सबैले व्यवस्थापनको तयारी गर्नुभएको छ । त्यसमा विशेषगरी तरुण परिचालन र विद्यार्थी परिचालन समितिले काम गरिरहेका छन् ”विश्वकर्माले भने ।

उनका अनुसार देउवाको स्वागतका लागि सांस्कृतिक समितिले विभिन्न झाँकीसमेत प्रस्तुत गर्ने तयारी गरेको छ । पूर्वसभापति देउवा भोलि साउन २८ गते दिउँसो १२ बजेर २५ मिनेटमा थाइ एयरलाइन्सको जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित