बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा चक्कु प्रहारबाट एक मजदुर युवाका हत्या भएको छ ।
धम्जा माझकटेरामा श्रमीकका रूपमा आई बसोबास गरेका ढोरपाटन नगरपालिका ७ का ४० वर्षीय अशोक खत्रीको हत्या भएको हो ।
उनलाई मजदुरीका क्रममासँगै आएका साथी ढोरपाटन नगरपालिका–५ का २५ वर्षका अर्जुन घर्तीले आपसी विवादका क्रममा चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी रामेश्वर त्वातिले जानकारी दिए ।
खत्रीको घटनास्थलमै मृत्यु भएको हो । उक्त युवाहरु स्थानीय निर्मल आधारभूत विद्यालयमा भवन निर्माणमा कार्यरत रहेका थिए । प्रहरीले थप अनुसन्धान गरिरहेको र हत्यामा संलग्न अर्जुन घर्तीलाई पक्राउ गरेको छ ।


































