निर्मल पुर्जाको शव बेलायत लगियो

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी मृत्यु भएका विश्व प्रसिद्ध हिमाल आरोही निर्मल पुर्जा (निम्स दाइ) को शव अन्तिम संस्कारको निम्ति बेलायत लगिएको छ ।

‘निर्मल पुर्जाको शव आइतबार बिहान पाकिस्तानको इस्लामावादबाट बेलायत लगिएको छ । बेलायतमा नै उहाँको अन्तिम संस्कार गरिनेछ,’ परराष्ट्र मन्त्रालयले भन्यो, ‘परिवारको चाहनाअनुसार निर्मल पुर्जाको शव बेलायत लगिएको हो ।’ ब्रोड पिक हिमपहिरोमा परेर विश्व निर्मल पुर्जासहित १० जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ६ जना नेपाली थिए ।

दुर्घटनास्थलबाट निर्मल पुर्जासहित चारजनाको शव गत शुक्रबार इस्लामावाद ल्याइएको थियो । शुक्रबार दिउँसो इस्लामावाद ल्याइएकामा निर्मल पुर्जा, किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव रहेको थियो । एक नेपालीको शव घटनास्थमै रहेको छ ।

मृत्यु हुने ६ नेपालीमध्ये पुरबहादुर गुरुङ ‘युक्त’ को शव बिहीबार (साउन २१) नेपाल ल्याइएको थियो ।

घटनास्थलमा अझै एक नेपाली नवाङ थिन्डु शेर्पा, एक पाकिस्तानी र एक अमेरिकीको शव रहेको जनाइएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित