विकल दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ६८ करोड ९४ लाख बिगो माग

काठमाडौं । विदेशी विनिमय अपचलन तथा सम्पत्ति शुद्धीकरणको गम्भीर कसुरमा संलग्न रहेको अभियोगसहित विकल पौडेल र उनकी श्रीमती एलिना बस्नेतविरुद्ध ६८ करोड ९४ लाख बिगो मागदामबी गर्दै विशेष अदालतमा अदालतमा मुद्दा दर्ता भएको छ ।

राजस्व अनुसन्धान विभागले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक रहेका पौडेलले अवैध रूपमा विदेशी विनिमय कारोबार गरी सम्पत्ति शुद्धीकरण गरेको दाबी गरेको छ । पौडेल दम्पतीले अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको पुष्टि भएको दाबी विभागको छ ।

विभागले कुल ६२ करोड ६५ लाख ९१ हजार ८९३ रुपैयाँ बिगो कायम गरेको छ । विभागको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले बुधबार ९वैशाख १६० काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो ।

यसअघि पनि विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार २०८१ असोज १४ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । थप अनुसन्धानका क्रममा अवैध रूपमा आर्जित सम्पत्तिसम्बन्धी गतिविधि पुष्टि भएको दाबी विभागले गरेको छ ।

पौडेलमाथि ६१ करोड १३ लाख २१ हजार १५३ रुपैयाँ २० पैसा र श्रीमती एलिना बस्नेतमाथि ७ करोड ८१ लाख ४४ हजार ५१ रुपैयाँ ५० पैसा बिगो कायम गर्दै सम्पत्ति शुद्धीकरण कसुरको अभियोगमा सजाय माग गरिएको छ ।

उक्त ऐनको दफा ३० अनुसार बिगोको दोब्बर जरिवाना तथा कसुरको मात्राअनुसार कैद सजाय गर्न विभागको मागदाबी छ । ऐनअनुसार अवैध रूपमा आर्जित सम्पत्ति जफत गर्नुपर्ने मागसमेत गरिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित