सिंहदरबारको नाम फेर्नुपर्नेमा रास्वपा सांसद हरि ढकाल अडिग, सामाजिक सञ्जालमा के लेखे ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने आफ्नो अडान दोहोर्‍याएका छन् । उनले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने विषयमा आफू आफ्नो तर्कमा अडिग रहेको बताएका हुन् ।

ढकालले सिंहदरबारको नाम परिवर्तन हुनुपर्ने भनेर आज दिएको अभिव्यक्ति विवादित बनेपछि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो बताएका हुन् । उनले आफू आफ्नो तर्कमा अडिग रहेको बताउँदै सिंहलाई दया र करुणाको प्रतीक मान्न नसकिने दाबी गरेका छन् । ‘म मेरो तर्कमा अडिग छु—सिंह दया र करुणाको प्रतीक होइन । सिंह हिंस्रककै प्रतीक हो, घमण्डकै प्रतीक हो शासक कै प्रतीक हो,’ ढकालले भनेका छन् ।

उनले सिंहदरबार निर्माणका क्रममा श्रमिकमाथि भएको शोषणको इतिहास आफूले पहिले नै पढेको बताएका छन् । सिंहदरबारको नाम र त्यसको स्वभाव तथा भाव–भंगीबीच मेल नहुने विषयमा आफूले पहिलेदेखि नै धारणा राख्दै आएको उनको भनाइ छ ।

ढकालले यसपटकको मात्र नभई विगतका परिवर्तनका क्रममा पनि विभिन्न स्थानका नाम परिवर्तन गरिएको स्मरण गर्दै आवश्यक परे सिंहदरबारको नामसमेत परिवर्तन गर्न सकिने उल्लेख गरेका छन् । ‘पूरा भिडियो धेरैले हेर्नुभएको छैन, मलाई थाहा छ । हामी कार्यक्रममा सहभागी हुने चाहिँ दंग छौं,’ उनले भनेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित