काठमाडौं । सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धानमा रहेका पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप ५ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थप अनुसन्धानका लागि समय माग गरेपछि न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बुधबार चौथो पटक म्याद थपको आदेश दिएको हो ।
गत असार ८ गते पक्राउ परेका पौडेल हाल न्यायिक हिरासतमा छन् । उनलाई अर्का आरोपी दिपक भट्टसँगको व्यावसायिक सम्बन्ध र ‘श्रीराम टोबाको उद्योग’को २० प्रतिशत सेयर किनबेचमा संलग्नता रहेको आधारमा पक्राउ गरिएको थियो ।
































